नेपालको भन्सार प्रसासनको सांगठनिक स्वरुप हेर्दा ३६ वटा मूल भन्सार कार्यालयहरु र १३५ वटा छोठी भन्सार कार्यालयहरु रहेका छन् । भन्सार विन्दूहरुमा कानुनमा तोकिए बमोजिम भन्सार महसुलका अतिरिक्त मूल्य अभिबृद्घि कर र अन्तशुल्क समेत संकलन गरिन्छ । राजस्व असुलीको हिसावमा भन्सार कार्यालयहरुको अहं भूमिका रहेको छ । देशको कूल राजस्वको ४३ प्रतिशत भन्सार कार्यालयहरुले नै उठाउ“छन । त्यस्तै कूल कर राजस्वमा यी कार्यालयहरुको योगदान ५० प्रतिशत रहेको देखिन्छ । गत वर्षको लक्ष्य तथा प्रगतिलाइ हेर्ने हो भने करिब १ खर्व १८ अर्वको लक्ष्यमा ११३ प्रतिशत भन्दा बढिनै प्रगति हासिल गरेको पाइन्छ । यसरी आन्तरिक राजस्वको परिचालनमा भन्सार प्रसासनले अग्रस्थान ओगटेको छ ।
भन्सार प्रसासनको भूमिकालाइ हेर्दा राजस्व संकलनको अतिरिक्त अवैध तथा प्रतिवन्धित मालबस्तुको आयात निर्यातलाइ नियन्त्रण गरी समाज र वातावरणको संरक्षण गर्नु पनि रहेको छ । त्यस्तै वैध व्यापारलाई प्रोत्साहन गर्नु र अन्र्तराष्ट्रिय आचार अनुरुप व्यापार सहजिकरणमा प्रोत्साहन गर्दै प्रचालित अभ्यास अपनाउदै कानुनको परिपालनमा सुनिश्चितता ल्याउनमा पनि महत्वपूर्ण भूमिका रहेको छ ।
भन्सार प्रसासनलाई सूचना प्रविधिको माध्यमबाट कागजात बिहिन बनाउदै लगि उदार तथा खुल्ला अर्थ व्यवस्था अनुरुप भन्सार प्रसासनलाई व्यवस्थित , पारदर्शी, सेवामुखी एवं उत्तरदायी बनाउन हामी प्रतिबद्घ छौं । देशको आर्थिक प्रवन्ध तथा विकासका लागि आन्तरिक स्रोत परिचालन गर्दै आफ्नो उत्तरदायित्व स्वीकार्दै सामाजिक सुधारमा समेत हामी संकल्पित छौं । ६२ औं अन्र्तराष्ट्रिय भन्सार दिवसमा घोषित नारा “सञ्चार : सूचनामा साझेदारीता ; सहकार्यमा प्रभावकारीता” लाइ सार्थक तुल्याउन पनि भन्सार प्रसासन कटिबद्घ छ ।