पैठारी जाँचपास
पैठारी सम्बन्धी प्रक्रिया
व्यापारिक रुपले मालवस्तु पैठारी गर्न चाहनेहरुले र्सवप्रथम प्राइभेट एवं साझेदारी र्फमहरु भए वाणिज्य विभागमा, कम्पनीहरुले कम्पनी रजिष्ट्ररको कार्यालयमा र उद्योगहरुले उद्योग विभागमा आफ्नो र्फम, कम्पनी वा उद्योग दर्ता गर्नुपर्दछ तत्पश्चात आन्तरिक राजस्व विभाग वा कार्यालयवाट आयकर र मू.अ.कर दर्ता गरेको स्थायी लेखा नम्वर ९एब्ल्० प्रमाण पत्र लिएपछि प्रतीतपत्र, ड्राफ्ट वा टी.टी. का माध्यमबाट आफूले पैठारी गर्ने मालवस्तु विदेशबाट पैठारी गर्न सकिन्छ । त्यसरी पैठारी गरेको मालवस्तु नेपालको कुनै भन्सार कार्यालयमा आएपछि पैठारीकर्ता आफै वा निजले नियुक्त गरेको भन्सार एजेण्टले भन्सार कार्यालयमा तोकिएका कागजातहरु संलग्न गरी प्रज्ञापनपत्र भरेर पेश गरेपछि सम्बन्धित भन्सार कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी लाग्ने महसुल असुल गरी जाँचपास गरिदिनेछ ।
तेस्रो मुलुकबाट मालवस्तु पैठारी गर्दा
मालवस्तुहरु तेस्रो मुलुकवाट पैठारी गर्दा मालवस्तु भन्सार कार्यालयमा आइपुगेपछि प्रज्ञापनपत्र भरी सोको साथमा निम्न बमोजिम कागजात संलग्न गरी पैठारीकर्ता वा निजले नियुक्त गरेको भन्सार एजेन्टले भन्सार कार्यालयमा पेश गरेपछि भन्सार कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी लाग्ने महसुल असुल गरी सामान जाँचपास गरिदिनेछ ।
तेस्रो मुलुकबाट मालवस्तु पैठारी गर्दा निम्न बमोजिमका कागजातहरु प्रज्ञापनपत्रका साथ पेश गर्नुपर्दछ
- भुक्तानी प्रक्रियासम्बन्धी बैङ्कङि कागजात
- बीजक (Invoice)
- प्याकिङ्ग लिष्ट
- बिल अफ लेडिङ्ग वा एयरवे बिल
- उत्पत्तिको प्रमाणपत्र
- विदेशी विनिमय नियन्त्रण -वि.वि.नि.) फाराम
- भारतमा ट्रान्जिट भई पैठारी गरिने मालवस्तुको हकमा भन्सार पारवहनसम्बन्धी कागजात
- हवाई मार्गबाट पैठारी हुनेमा सम्वन्धित एयरलाइन्सको डेलिभरी अर्डर
- भन्सार कार्यालयमा कुनै र्टर्मिनल सञ्चालक भएकोमा त्यस्तो र्टर्मिनल सञ्चालकले जारी
- गरेको डेलिभरी अर्डर
- प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा
- तत्सम्बन्धी कागजात ।
भारतबाट -डी. आर. पी. अर्न्तर्गत) पैठारी गर्दा
डि. आर. पी. को अर्थ ड्युटी रिफन्डेबल प्रोसिजर हो । भारतबाट यस प्रक्रिया अर्न्तर्गत मालवस्तु पैठारी गर्दा त्यस्तो मालवस्तुमा भारतमा लागेको अन्तःशुल्क बापतको रकम लाग्ने भन्सार महसुलमा कट्टी गरिन्छ र त्यस्तो रकम भारत सरकारले एकमुष्ठ नेपाल सरकारलाई फिर्ता दिन्छ । भारतवाट डी.आर.पी. अर्न्तर्गत मालवस्तु पैठारी गर्दा भारतमा तिरिएको अन्तःशुल्क -विशेष अन्तःशुल्क, अन्तःशुल्क र ऋभलखबत समेत) भन्सार कार्यालयमा नियमानुसार तिर्नुपर्ने महसुलमा कट्टा गरिने भएकोले अन्य प्रकारले पैठारी गरिने मालवस्तुमा भन्दा यस अर्न्तर्गत हुने पैठारीमा कम महसुल लाग्दछ ।
मालवस्तुहरु डि. आर. पी. प्रक्रिया अर्न्तर्गत पैठारी गर्दा मालवस्तु भन्सार कार्यालयमा आइपुगेपछि प्रज्ञापनपत्र भरी सोको साथमा तोकिएका कागजातहरु संलग्न गरी पैठारीकर्ता वा निजले नियुक्त गरेको भन्सार एजेन्टले भन्सार कार्यालयमा पेश गरेपछि भन्सार कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी लाग्ने महसुल असुल गरी सामान जाँचपास गरिदिनेछ ।
डी. आर. पी. अर्न्तर्गत मालवस्तु पैठारी गर्दा प्रज्ञापनपत्रका साथमा निम्न कागजातहरु पेश गर्नुपर्दछ
- बीजक (Invoice)
- प्याकिङ्ग लिष्ट
- प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात
- नेपाल Invoice -डी.आर.पी.फाराम)
सबै भन्सार कार्यालयहरुवाट डी. आर. पी. अर्न्तर्गत भारतवाट मालवस्तु पैठारी गर्न पाईदैन । त्यसका लागि नेपाल-भारत वीच भएको सन्धीमा २४ वटा भन्सार कार्यालयहरु (Agreed Route) तोकिएका छन् । डी. आर. पी. अर्न्तर्गत भारतवाट मालवस्तु पैठारी गर्नु परेमा ती २४ वटा भन्सार कार्यालयहरु मध्ये कुनै एउटा कार्यालयबाट पैठारी गर्नुपर्दछ ।
भारतबाट -इनवण्ड अर्न्तर्गत) पैठारी गर्दा
परिवर्त्य विदेशी मुद्रा भुक्तानी दिने गरी बैङ्कङि माध्यमद्वारा भारतवाट मालवस्तु पैठारी गर्ने प्रक्रियालाई इनबण्ड भनिन्छ । परिवर्त्य विदेशी मुद्रामा भारतवाट मालवस्तु पैठारी गर्दा भारतमा कुनै कर शुल्क नलाग्ने हुंदा त्यस्तो सामान नेपालमा नआई भारतमै विचलन नहोस् भन्नाका लागि भारतमा तिर्नुपर्ने कर शुल्कको निर्यातकर्तावाट कवुलियत BOND गराएर मात्र निर्यात गर्न दिइन्छ र उक्त मालसामान नेपाल प्रवेश भएको कुरा उक्त नेपाल इन्भ्वाइसमा प्रमाणित भई गएपछि मात्र त्यस्तो द्ययलम -कवुलियत) फुकुवा हुन्छ । परिवर्त्य विदेशी मुद्रामा प्रतीतपत्र खोली पैठारी गरिने भएकोले सम्वन्धित वैङ्कवाट वि.वि.नि. फाराम ४ जारी भएपछि मात्र मालसामान भन्सार कार्यालयवाट छुटाउन सकिन्छ ।
मालवस्तुहरु इनबण्ड प्रक्रिया अर्न्तर्गत पैठारी गर्दा मालवस्तु भन्सार कार्यालयमा आइपुगेपछि प्रज्ञापनपत्र भरी सोको साथमा निम्न बमोजिम कागजात संलग्न गरी पैठारीकर्ता वा निजले नियुक्त गरेको भन्सार एजेन्टले भन्सार कार्यालयमा पेश गरेपछि भन्सार कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी लाग्ने महसुल असुल गरी सामान जाँचपास गरिदिनेछ ।
इनबन्ड अर्न्तर्गत मालवस्तु पैठारी गर्दा प्रज्ञापनपत्र का साथमा निम्न कागजातहरु पेश गर्नुपर्दछ
- बीजक (Invoice)
- प्याकिङ्ग लिष्ट
- प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात
- नेपाल Invoice (इनवण्ड फाराम)
- बि.वि.नि. फाराम
- भुक्तानी प्रक्रियासम्बन्धी बैङ्कङि कागजात र सोमा उल्लेख भएबमोजिमका कागजातहरु
इनवण्ड अर्न्तर्गत भारतबाट सबै प्रकारका मालवस्तु पैठारी गर्न पाइदैन । नेपाल राष्ट्र बैकले प्रत्येक वर्षमौद्रिक नीति प्रकाशन गर्दा यस प्रकारका वस्तुहरुको सूची प्रकाशित गर्ने गर्दछ । आ.व. २०६४।६५ का लागि नेपाल राष्ट्र बैकले १२४ प्रकारका मालवस्तुहरु यस प्रक्रिया अर्न्तर्गत पैठारी गर्न पाउने गरी तोकेको छ ।
नेपाल राष्ट्र वैङ्कले भारतवाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी हुने गरी पैठारी गर्न पाइने गरी देहायका मालवस्तुहरु तोकेको छ
भारतबाट -लोकल खरिद अर्न्तर्गत ) पैठारी गर्दा
भारतबाट सामान्य तरिकाले हुने पैठारीलाई लोकल पैठारी भन्ने गरिन्छ । डी.आर.पी र इनबन्ड अर्न्तर्गत हुने पैठारीबाहेक भारतबाट हुने सबै प्रकारको पैठारी लोकल पैठारी हो । मालवस्तुहरु इनबण्ड प्रक्रिया अर्न्तर्गत पैठारी गर्दा मालवस्तु भन्सार कार्यालयमा आइपुगेपछि प्रज्ञापनपत्र भरी सोको साथमा निम्न बमोजिम कागजात संलग्न गरी पैठारीकर्ता वा निजले नियुक्त गरेको भन्सार एजेन्टले भन्सार कार्यालयमा पेश गरेपछि भन्सार कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी लाग्ने महसुल असुल गरी सामान जाँचपास गरिदिनेछ ।
मालवस्तुहरु भारतवाट लोकल अर्न्तर्गत पैठारी गर्दा प्रज्ञापनपत्र का साथमा निम्न कागजातहरु पेश गर्नुपर्दछ
- बीजक (Invoice)
- प्याकिङ्ग लिष्ट
- प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको कुनै सिफारिस, इजाजत वा प्रमाणपत्र चाहिनेमा तत्सम्बन्धी कागजात
गलत घोषण गर्दा हुने सजाय
भन्सार कार्यालयमा प्रज्ञापनपत्र भरी पेश गर्दा गलत घोषणा गरेमा भन्सार ऐन, २०६४ को दफा ५७ बमोजिम निम्नानुसारको सजाय हुनेछः
- कुनै निकासीकर्ता, पैठारीकर्ता वा भन्सार एजेन्टले मालवस्तुको नाम, प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार तथा गुणस्तर सही भए पनि परिमाण घटी गरी घोषणा गरेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुको धनीलाई त्यसरी परिमाण घटी घोषणा गरिएजति मालवस्तुको मूल्यको शतप्रतिशत जरिवाना र लाग्ने महसुल लिई त्यस्तो मालवस्तु जाँचपास गर्न सक्नेछ ।
- कुनै निकासीकर्ता, पैठारीकर्ता वा भन्सार एजेन्टले मालवस्तुको नाम, प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार र गुणस्तर एवं परिमाण सही भएपनि उत्पत्तिको मुलुक फरक पारी घोषणा गरेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुको धनीलाई त्यस्तो मालवस्तुमा लाग्ने महसुल बराबरको रकम जरिवाना र लाग्ने महसुल लिई त्यस्तो मालवस्तु जाँचपास गर्न सक्नेछ ।
- कुनै निकासीकर्ता वा भन्सार एजेन्टले निकासी हुने मालवस्तुको वास्तविक परिमाणभन्दा बढी परिमाण घोषणा गरेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुको धनीलाई त्यसरी बढी घोषणा गरिएजति मालवस्तुको मूल्यको दर्ुइ सय प्रतिशत जरिवाना गरी सो व्यहोरा प्रज्ञापनपत्रमा उल्लेख गरी जाँचपास गर्न सक्नेछ ।
- कुनै निकासीकर्ता वा भन्सार एजेन्टले मालवस्तुको नाम, प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार र गुणस्तर मध्ये सबै वा कुनै विवरण फरक पारी घोषणा गरेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तु जफत गरी त्यस्तो मालवस्तुको धनीलाई बिगोबमोजिम जरिवाना गर्न सक्नेछ ।
- पैठारीकर्ता वा भन्सार एजेन्टले एउटा मालवस्तुलाई अर्कै मालवस्तु भनी वा एक प्रकारको पदार्थबाट निर्मित मालवस्तुलाई अर्कै प्रकारको पदार्थबाट निर्मित मालवस्तु भनी वा मालवस्तुको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार र गुणस्तरमध्ये सबै वा कुनै कुरा फरक पारी घोषणा गरेमा वा कुनै मालवस्तु घोषणा नै नगरेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुको धनीलाई त्यस्तो मालवस्तुको मूल्य बरावर जरिवाना गरी सो मालवस्तु जफत गर्न वा निजबाट सो मालवस्तुको मूल्यको दर्ुइ सय प्रतिशत जरिवाना र लाग्ने महसुल असुल गरी त्यस्तो मालवस्तु जाँचपास गर्न सक्नेछ । घोषणा नै नगरेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुको धनीलाई त्यस्तो मालवस्तुको मूल्य बरावर जरिवाना गरी सो मालवस्तु जफत गर्न वा निजबाट सो मालवस्तुको मूल्यको दर्ुइ सय प्रतिशत जरिवाना र लाग्ने महसुल असुल गरी त्यस्तो मालवस्तु जाँचपास गर्न सक्नेछ ।