विदेशवाट फर्केका यात्रुले आफू साथै वा आफू आउनु भन्दा अघि वा पछि आफूले प्रयोग गरेका वा निजी प्रयोजनको लागि ल्याउने सामानका सम्वन्धमा समय/समयमा नेपाल सरकार, अर्थ मन्त्रालयवाट राजपत्रमा सूचना प्रकाशित गरी उक्त सूचनामा के कति अवधि विदेश वसेका मानिसहरुले के कति परिमाणमा के के सामान ल्याउन पाउने हो, उक्त मालवस्तुहरुमा के कति प्रतिशत भन्सार महसुल लाग्दछ भन्ने कुरा तोकिएको छ। साथै विदेशी यात्रुहरुले मसहुल छुटमा ल्याउन/लैजान पाउने सामान र पछि फिर्ता लैजाने गरी ल्याउन पाउने सामानका सम्बन्धमा पनि यो सूचनामा उल्लेख भएको छ। यसको विस्तृत विवरणका लागि तल लिंकमा क्लीक गर्नुहोस् ।